दावा जाङबु शेर्पा काठमाडौं/
बाैद्ध धर्मावम्बीहरुको महान चाड तथा नेपाली राष्ट्रिय ग्याल्पो लोसार २१५१ औं भव्य रुपमा मनाइएको छ ।
उमाकुण्ड गाउँपालिका वडा नं १ तेछिममा शिली, स्याब्रु नृत्य प्रस्तुत गर्दै ल्होसार भव्य रुपमा मनाईएको हो।
लोसार कार्यक्रम उपाकुण्ड वडा नं.१ तेछिममा विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी सहित करिब ४ सय भन्दा बढी स्थानीयहरुको उल्लेख्य उपस्थीती रहेको थियो।
कार्यक्रममा ल्होसार बिशेष परिकार खाएर शुभकामना आदन प्रदान गरि कार्यक्रम सम्पन्न गरेको आयोजकले बताएको छ।
तपाईको बिचार