सोलुखुम्बुमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु - दुधकोशी खबर

सोलुखुम्बुमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सोलुखुम्बु । सोलुखुम्बुमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज शनिवारबाट सल्लेरी स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

आगामी सोमवारसम्म जारी रहने प्रतियोगिताका संघीय सांसद मानवीर राई र प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद राईले राष्ट्र रनिङ शिल्ड प्रतियोगितालाई अनुशासित ढंगले सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाबाट छनौट भएर प्रदेश स्तरमा जाने खेलाडीका लागि आवश्यक सम्पुर्ण सहयोग गर्न आफुहरु तयार रहेको उहाँको भनाइ छ । प्रतियोगितामा महिला पुरुष भलिबल, एथ्लेटिक्स, उशु, कराते, मार्सल आर्ट, कर्वडी लगायतका गरी ६ विधाको खेल हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, खेल क्षेत्रका अगुवा, स्थानीय तथा खेलाडीहरुको सहभागिता रहेको थियो । आजबाट सुरु भएको प्रतियोगिता आगामी सोमबार सकिने छ ।

तपाईको बिचार

सम्बन्धित खबर