सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ग्याल्पो ल्होसार २१५१ भव्य रुपमा मनाइएको छ । विभिन्न धर्म गुरुहरुको उपस्थितिमा आज सोलुदुधकुण्ड नगरपालिका – ५ स्थित नेपाल शेर्पा संघको जग्गामा झाकी, शिली, स्याब्रु नृत्य प्रस्तुत गर्दै ल्होसार मनाईएको नेपाल शेर्पा संघ सोलुखुम्बुका सचिव (आचार्य ) पेमारिन्जी शेर्पाले दुधकोशी खबरलाई जानकारी दिए।
उनका अनुसार ल्होसार कार्यक्रममा सदरमुकाम सल्लेरीस्थित शेर्पा, गैह्र शेर्पा, विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी सहित करिब ५ सय भन्दा बढी अतिथीहरुको उल्लेख्य उपस्थीती रहेको थियो ।
तपाईको बिचार