दावा जाङ्बु शेर्पा/ काठमाडौं
श्री पात्ले ओखलढुंगा शेर्पा समाज सेवाले ग्याल्पो ल्होसार शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा टुल्कु ङवाङ कुन्खेन रिन्पोछेको प्रमुख आतिथ्यतामा २१५१औँ स्यिङ् फो डुग लो ग्याल्पो लोसारको अवसरमा पात्ले ओखलढुंगा शेर्पा समाज सेवाले शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम आयोजना सम्पन्न गरेको हो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ अध्यक्ष तथा नेपाल शेर्पा संघका अध्यक्षमा गेल्जे शेर्पा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पा लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु शेर्पा समूदायको वाक्लो उपस्थिति रहेको थियो ।
शेर्पा समूदायको भाषा, कला र संस्कृति जगेर्ना गर्ने उदेश्यले २०६४ सालमा स्थापना भएको संस्थाले पेषा, व्यवसाय वा अध्ययनका लागि ओखलढुङ्गा जिल्ला देखि काठमाडौँमा बसोवास रहेका शेर्पा समुदायलाई एकीकृत गर्ने र एक अर्कामा सहयोग गर्ने पवित्र भावना लिएर यो संस्था गठन भएको पात्ले ओखलढुंगा शेर्पा समाज सेवा काठमाडौंका कोषाध्यक्ष पेम्बा शेर्पा च्यावाले बताउनुभयो ।
कोषाध्यक्ष शेर्पाका अनुसार संस्थाको प्रयासले मूर्तरूप लिएको बताउँदै कार्यक्रममा ओखलढुंगाका शेर्पा समूदायको बोक्लो उपस्थितिले गौरवान्वित बनाएको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ तथा नेपाल शेर्पा संघका अध्यक्षमा गेल्जे शेर्पा लामाले नेपाल सिंगो, जाति, भाषा र समूदायको साझा फुलबारी भएको बताउनुभयो । आदिवासी समुदायको संस्कृति र पहिचानले सौन्दर्यता थपिएको शेर्पाले बताउनुभयो ।
बहुरंगी संस्कृतिका हामी नेपालीहरू वीच आपसी सद्भाव, भाइचारा र एकता कायम राख्ने यस्तै कार्यक्रमले मद्दत मिल्ने अध्यक्ष शेर्पाले बताउनुभयो । समूदायको पहिचानका लागि आफू निरन्तर संघर्षमा रहेको बताउँदै आ—आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्न दत्तचित्त भएर लाग्न अध्यक्ष शेर्पाले शेर्पा समूदायलाई आह्वान समेत गर्नु भयो ।
तपाईको बिचार