सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका – ५ जुबुस्थित सगरमाथा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्राप्त भएको छ । जुबु ५ स्थायी घर भई हाल कोरियालाई कर्मथलो बनाउदै आउनुभएका केदार बस्नेतले ३५ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।
बस्नेतले सहयोग गर्नुभएको सामाग्री उनका आमा सरिता बस्नेत र ठुलोबुबा भुपध्वज बस्नेतमार्फत आज विद्यालयलाई हस्तान्तरण गरिएको बस्नेतले दुधकोशी खबरलाई बताए ।
बिद्यार्थीको पढाइ प्रती थप हौसला साथै बिद्यालय जाने बानिको बिकास गर्न शैक्षिक सामाग्री वितरण गरेको उनले उल्लेख गरे ।
२२ जना विद्यार्थी रहेको यस विद्यालयका विद्यार्थीहरुलाई २२ थान झोला, कापी, कलम प्राप्त भएको विद्यालय स्रोतले जनाएको छ ।
बस्नेतले दिए सगरमाथा आविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री

ताजा
लोकप्रिय
सम्बन्धित खबर
सोताङ गाउँपालिकामा रिडले गर्यो कार्यशाला सम्पन्नसँगै योजना ड्राफ्ट हस्तान्तरण

जिरो पोइन्टदेखि दोर्पु जाने सडक ढलानको मेयर शेर्पासहितको टोलिद्वारा अनुगमन

बन्यो खुम्बु जोड्ने मोटर पुल, हट्यो सास्ती

जनप्रीय माविको अक्षयकोषमा पहिलो दिन नै २० लाख बढी रकम संकलन

सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

तपाईको बिचार