बुद्द लक्ष्मी राई/सोलुखुम्बु
ए मेरो पतिदेव, ए मेरो प्राणनाथ
हजारौंको हुलमा म एक्लै छु
हासिरहनेहरुको भिड्मा म एक्लै रोईरहेछु
खुशिहरुको भिड्मा एक्लै तड्पिरहेछु
त्यो ढुङ्गा माटो रुख खोलाखोल्सिहरुमा
तिम्रै यादहरु छन
तिम्रै पदचापहरु छन
यो शहर, गाउँ, यो घर कोठा,
यी भाडाकुडाहरुको आवाजमा तिमी यहि छौं
दराज भित्रको कपडामा झुन्डिरहेका छौ
तिम्रा हस्तलिपिहरुमा बोलिरहेका छौ
बिना आवाजको बासुरिमा लडिरहेका छौ।
हर चिज छन तिम्रा तर तिमी छैनौ
मुस्कुराइरहेका छौ हरेक तस्वीरहरुमा
तर आवाजहरु छैन, कति बोलाउन मन छ
तिम्रा ती स्पर्शहरु छैन, तर कति छुन मन छ
यो जलन यो पीडा यो आहात कसरि सुनाउ
कुनै राप बिना जलिरहेको छु
कहिले सुनाउ अब त तिमी सपनामा समेत आउन छोड्यौ
तिमी कति माईल टाढा छौ या नजिक थाहा छैन
यति थाहा छ अब हामी नजिक कहिल्यै हुनेछैन
हर्पल तिम्रो यादहरुसङ्गै बाचेको छु
हरेक दिनहरु तिम्रै यादहरुमा बिताउदै छु
हरेक रातका सपनीहरु
तिम्रै आगमनको पर्खाईमा टुक्रयाई रहेको छु
तिमिले हिडाएको बाटो हिड्ने कोशिश गर्दैछु
तिमिले सिकाएको,
तिमिले अह्राएको कामहरु गर्ने जमर्को गर्दैछु
हातहरु लाग्दैन, आवाजहरु आउदैन
जागर छैन, उर्जा छैन
तनमन तन्दुरुस्त छैन
थाहा छ,
यो सम्माजका धेरैलाई थुप्रै तिर्नुछ
परिवार आफन्त र नातागोताहरुको गुण फिर्ता गर्नुछ
तर सोचे र आशा गरे जत्ती
म सक्षम र सबल छैन
माफ गर पृय मलाई
तिम्रै सम्झनाको लागि धेरै समय खर्चेको छु
तिम्रै मायाको जालोभित्र जेलिएको छु
(नोट: बुद्द लक्ष्मी राईको श्रीमान स्व: टेक बहादुर राई सोलुदुधकुण्ड नगरपालिका वडा न १ को वडा सद्स्या रहनुको साथै समाजसेबी हुनुहुन्थ्यो। उहाँ प्रती समर्पित लेख ।)
तपाईको बिचार