सोलुखुम्बुमा एक महिलाको शव नग्न अवस्थामा फेला - दुधकोशी खबर

सोलुखुम्बुमा एक महिलाको शव नग्न अवस्थामा फेला

सोलुखुम्बु/दुधकोशी खबर

 सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ ।

ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीय प्रेमा तामाङको शव निबर्स्त्र अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी अनिल कुमार मिश्रका अनुसार मङ्गलवार बेलुका सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङ स्थित तल्लो सिगानेमा महिलाको शव भेटिएको हो ।

महिलाको शव नग्न अवस्थामा रहेको छ । मङ्गलवार नै शव भेटियो भन्ने थाहा पाएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो । 
उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको रहेको छ । खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर