दावा जाङ्बु शेर्पा/ काठमाडौं
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–१, लहाछेवारमा खुल्ला बृहत पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
“खेलकुद स्वास्थ्यको लागि, युवा राष्ट्रको लागि भन्ने मूल नाराका साथ छोरमा युवा क्लबले खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिष्णुता साथै आपसी हार्दिकतालाई कायम राख्दै कला, संस्कृति र पर्यटन क्षेत्रकाे विकासमा टेवा पुगोस भन्ने उदेश्यका साथै बाैद्ध धर्मावम्बीहरुको महान चाड तथा नेपाली राष्ट्रिय पर्व ग्याल्बो लोसार सिङ फो डुक लो २१५१ अाै ग्याल्पो लोसारको अवसरमा सो प्रतियोगिता हुन लागको हो । छोराम युवा क्लब उमाकुण्ड–१ लहाछेवारको आयोजनामा यहि मिति २०८० साल फागुन २७, २८ र २९ गते उमाकुण्ड गाउँपालिका वडा नं १ काे उत्तरी तथा अन्तिम मानवबस्ती रहेको लहाछेवार समुद्री सतहदेखि २७७०मिटरको उचाइमा लहाछेवार स्थित खेल मैदानमा बृहत खुल्ला पुरूष भलिबल प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ८८ हजार ८ सय ८८ रुपैँया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै द्वितीय हुनेले ५५ हजार ५ सय ५५, तृतीय हुनेले ३३ हजार ३ सय ३३ र चौथो हुनेले ११ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव दावा शेर्पाले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुनका लागि फागुन २६ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएका छ । टिम दर्ता दस्तुर ५ हजार ५ सय तोकिएको क्लबका अध्यक्ष सम्देन शेर्पाले जानकारी दिनुभयो ।
खेल प्रतिको थप आकर्षण बढाउन तथा ऐतिहासिक पर्यटकीय स्थल लहाछेवारको प्रचार गरी पर्यटन प्रवर्धनको लागि समेत महत्त्वपूर्ण टेवा पुर्याउन सो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । नुम्बुर हिमालको छेउमा रहेको लहाछेवार पर्यटकीय गन्तव्यको थलो हो । लहाछेवारबाट केही माथि पैदल यात्राको क्रममा मनोरम कावा गुम्बा तथा विभिन्न हिम पोखरी हिमसृङखला सहितका मनोरम रमणीय दृष्यको प्रत्यक्ष अवलोकन गर्न सकिनेछ साथै खेलको प्रत्यक्ष प्रसारण दुधकोशी खबर टि.भि. एच.डि. बाट हुने आयोजकले जनाएको छ ।
तपाईको बिचार