सोलुखुम्बु/दिप खालिङ
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा न १, को सरस्वती आधारभुत बिदयालयमा अस्ट्रियाको हिमालयन डाइमण्ड सस्थाको आर्थिक सहयोगमा हिमालय डाइमण्ड एडभेन्चरले विद्यार्थीहरुलाई पोशाक बिरतण गरेको छ ।
आज बिद्यालयमा एक कार्यक्रम गर्दै अस्ट्रियाको हिमालयन डाइमण्ड सस्था र अन्य दाताहरुको सहकार्यमा हिमालय डाइमण्ड एडभेन्चर प्रा.लि.का प्रबन्धक निर्देशक तथा हिमालयन डाइमन सस्थाका प्रतिनिधि चन्द्रश्वार खालिङ राईद्वारा उक्त बिदयालयमा अध्यानरत १०८ जना र बाबुछिरि बाल कल्याण आधारभुत बिध्यालयका १० जना विद्यार्थीहरुलाई झोला, सर्ट, पाइन्ट र जुत्ता बितरण गर्नु भएको जानकारी बिदयालयका प्रधानध्यापक राम कुमार राई दिनु भयो ।
ग्रामीण स्तरमा संचालित बिद्यालयमा सस्थाले यसरी सहयोग गर्दा शिक्षा क्षेत्रमा धेरै टेवा पुगेको सोलुदुधकुण्ड नगरपालिका वडा न १ को वडा अध्यक्ष छोङ्बा शेर्पाले बताउनु भयो ।
बिध्यालयको शैक्षिक गुणस्तरको लागि बिगतमा शैक्षिक सामग्री साथै पोशाक बितरण गर्दै आईरहेको र भोलि टाक्सिन्दु माध्यमिक बिदयालयको विद्यार्थीहरुलाई पोशाक बितरण गर्ने हिमालय डाइमण्ड एडभेन्चर प्रा.लि.का प्रबन्धक निर्देशक तथा हिमालयन डाइमण्ड सस्थाका प्रतिनिधि चन्द्रश्वार खालिङ राईले बताउनु भयो ।
फोटो: बल कुमार राई/ शिक्षक
तपाईको बिचार