जसले पत्रकार कुटपिटमा भुमिका खेले, उनैलाई कारबाही भएन !  - दुधकोशी खबर

जसले पत्रकार कुटपिटमा भुमिका खेले, उनैलाई कारबाही भएन ! 

  • Dudh Koshi २०८० फागुन १ मङ्गलबार १७:४५:४६

सोलुखुम्बु । सोलुखुम्बुमा पत्रकारमाथी हातपात गर्ने वडाध्यक्षविरुद्ध मुद्दा चल्न सकेको छैन । शनिबार राती ९:३० बजेको समयमा दुधकोशी खबरका संस्थापक अध्यक्ष रमन वनमाथी भिडियो हालेकै विषयलाई लिएर ५ जना व्यक्तिसहित हातपात गरेका सोलुदुधकुण्ड नगरपालिका – ५ का वडाध्यक्ष मिङ्मार तामाङ विरुद्ध ४ दिन बितिसक्दा पनि मुद्दा  नचलाईएको हो।

पिडित रमन वनले जाहेरी सम्पुर्ण प्रमाण सहित दिएको भएपनी दिनभरी कुरेर जाहेरी दर्ता गर्न भनेको तर ठोस प्रमाण नभएको भन्दै उजुरी दर्ता गर्न नमानेको हो।

अस्पतालको रिपोर्ट समयमा न आउँनु, प्रमाण सहित जाहेरी दिएको केही बेरमै दर्ता हुनु पर्ने हो तर पिडितको कुरालाई वेवास्ता गर्दै प्रहरीले प्रक्रिया अगाडि नबढाउनु, वडाध्यक्षले चारैतिर केस मिलाउन लगाउनु र अन्य व्यक्तिले पिडित वनलाई दवाव दिईरहनु, जिल्ला प्रहरी कार्यालयमा हुनु पर्ने छलफल होटल र अन्य ठाउँमा छलफलका लागि आग्रह गर्नु लगायतका विषयलाई हेर्ने हो भने दोहोरो मिलोमत्व हो कि भन्ने आसंका सहजै गर्न सकिन्छ ।

यतिबेला सामाजिक संजालमा मुख्य दोशी देखिएका वडाध्यक्ष मिङ्मार तामाङविरुद्द मुद्दा नचलेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । वडाध्यक्ष बाहेकका ५ जना विरुद्ध भने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अभद्र व्यवहारमा मुद्दा चलिसकेको छ । र ५ जना नै पक्राउ समेत परिसकेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर