सोलुखुम्बु । सोलुखुम्बुमा पत्रकार माथी हातपात गर्ने ५ जना पक्राउ परेका छन। दुधकोशी खबरका संस्थापक अध्यक्ष रमन बनमाथी शनिबार राती ९:३० बजेको समयमा निजकै कोठा पुगेर हातपात गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलिले उनिहरुहरुलाई विभिन्न स्थानमा लुकि बसेको अवस्थामा आज (सोमबार) पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका – ५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मंगल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेका छन ।
संचार माध्यममा सुचना तथा समाचार प्रसारण गरेकै कारण पत्रकार बन माथी सांघातिक आक्रमण गरेका थिए । सोलु दुधकुण्ड नगरपालिका ५ सल्लेरीका वडाध्यक्ष मिङमार तामाङ सहित बनको निवासमा पुगेका ब्यक्तीहरूले आक्रमण गरेका हुन ।
आक्रमणबाट गम्भीर घाईते भएका पत्रकार बनले उनिहरू बिरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएका हुन ।
यता वडाध्यक्ष तामाङ भने अनुशन्धान प्रक्रीया नसकिदासम्म जिल्ला छोड्न नपाउने भएका छन । तामाङले आफूले हातपात नगरेको र त्यस्तो कुनै उदेश्य पनि नरहेको बरु घटनामा थप क्षति हुनबाट जोगाएको बयान दिएका छन।
अनुधन्धानबाट आफू दोषी ठहर भएमा जुनसुकै सजाय भोग्छु भनी उनले कागज समेत गरेका छन ।
साथै पत्रकार बनको सम्पुर्ण उपचार समेत वडाध्यक्षले नै गराउनुपर्ने भनिएको छ ।
तपाईको बिचार