सोलुखुम्बु । सोलुखुम्बुमा भिडियो सम्प्रेषण गर्दा नेपाल दशनामी समाज सोलुखुम्बुका सचिव दुधकोशी खबरका रमन वन माथि हातपात गरेको प्रति दशनामी समाज सोलुखुम्बुले आपत्ति जनाएको छ ।
ल्होसारको अवसरमा सल्लेरिमा आयोजित कार्यक्रममा भएको झगडाको भिडियो कैद गरि भिडियो सामाग्री सम्प्रेषण गर्दा दुधकोशी खबरमा कार्यरत पत्रकार रमन वनलाई सोलुदुधकुण्ड नगरपालिका – ५ का वडाध्यक्ष मिङ्मार तामाङ सहित आएको ५-७ जनाको समुहले सनिबार रातको ९:३० बजेको समयमा हातपात गरेको घटना निन्दनीय भएको दशनामी समाजले जनाएको हो ।
समयमा नै घटनाको छानबिन तथा कानुनी प्रक्रिया अगाडी नबढेको खण्डमा नेपाल नेपाल दशनामी समाज सोलुखुम्बुले आफ्नो प्रक्रिया अगाडि बढाउने समाजका अध्यक्ष विकास भारतीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सांघातिक आक्रमणबाट रमन वनको शरिरका विभिन्न भागमा निल, डाम, घाउ, चोट लागेको छ । चित्त नबुझेको खण्डमा कानुनी प्रक्रियामा जान सकिने भएपनि हातपात गर्नु निन्दनीय विषय भएको भन्दै सत्य तथ्य छानविन गर्न माग गरिएको छ ।
तपाईको बिचार