भ्यालेन्टाइन बिडम्बना - पदम साधना कुलुङ - दुधकोशी खबर

भ्यालेन्टाइन बिडम्बना – पदम साधना कुलुङ

  1. “भ्यालेन्टाइन विडम्बना”


गीतकार: पदम साधना कुलुङ

रबि,सोनिया, राकेश कलेजको मिल्ने साथीहरु हुन । अन्यसाथीहरु पनि उत्तिकै मिल्ने नै थिए । कलेज लेबल को पल सायद तपाईहरु लाई पनि थाहा होला कति रमाइलो हुन्छ र कति साथिहरु हुन्छ हगी!
त्यस्तै कलेज जाने आउने दिनचार्या सबै को कायम नै छ हरेक बिध्धार्थि । तर कहिले काहि देशको राजनीतिको कारण बन्दले पढाइलाइ बाधा नपुर्याएको चै हैन । पटक- पटक बन्द हर्ताल ले गर्दा कलेज को पढाई नहुने खुब बिथोलिदिन्छ । उफ् देश को कुरा के गर्ने र खै रात भरि रुघ्यो बिहान भयो भने झै हो कुरा गर्यो कुरैको दुख । तर बन्द हर्ताल लाई फुर्सद को समय बनाए र कहिले काहि रवि र सोनिया कता कता पुग्ने गर्दथे घुम्न लाई । रवि र सोनिया मिल्ने साथी मात्र हुन त्यस्तो खासै के हि हैन शंका चै नगर्नुस है ,हे हे । तर रवि ले सोनिया लाई नचाहेको चै हैन । तर मोरो ले कहिले भन्न सक्ने हैन सोनिया तलाइ म आफ्नो बनाउछु भनेर!
तर हेरम आज चै झेक्ने ले भन्दिहाल्छ कि भा आज ५ दिन को कलेज छुट्टी मा पोखारा जाने दौडधुप चल्दैछ सबै मिल्ने साथिहरु संग ।
नभन्दै उनिहरुको ग्रुप पोखारा पुग्यो । सबै जना आ-आफ्नै सुरमा रमाइलो मा ब्यस्त छन् । रवि र सोनिया सदा झै आफ्नै धुनमा मस्त गफमा छन् । बोल्दैछ रवि – सोनिया तिमि बिहे चै कहिले गर्छौ ।
सोनिया – रवि तिमि लाई आज कहा बाट बिहे को कुरा आयो?
हास्दै बोल्यो रवि  – कहा बाट आउछ र मन को बाटै बाटो आउछ नि यति का उमेर भयो लभ पर्या हैन अहिले सम्म ।
सोनिया – गफ नदेउ तिम्रो अघि पछी गर्ने कोही त छ पक्कै । रवि आशाबादि हुदै बोल्छ । खै छ होला तर म यो कुरा भन्नै सक्दिन उस्लाइ ।
सोनिया- लौ किन सक्दैनौ मन खोलेर भनिदेउ माया गर्छु भनेर कि म भन्दिम त को हो भनन रवि ।
रवि लामो सास फेर्दै सोनिया नजिक सर्दै भन्यो।
उम् मेरो नजिकै छ म संगै हुन्छे सधै मलाई सबै कुरा राम्रो नराम्रा सिकाउछ मलाई सधै बोलाइ रहन्छ तर कल्पना मा मात्र माया चै गर्छ । सोनिया – ह!! कल्पनामा मात्र रे को हो भनन?
रबि-उम् होस पछि थाहा पाईहाल्छौ नि को हो भनेर तिमिलाइ थाहा छ मैले यो आउनै लागेको भेलेनटाइन मा मेरो मन को कुरा भनिहाल्छु अनि तिमिलाई नै सबै भन्दा पहिले थाहा हुने छ ।
सोनिया- उम् हुन्छ हेरन न हामी पनि कत्तिको बहादुर रहेछौ । अनि तिमिलाई तिम्रो गलफ्रेन ले कति माया गरोस जस्तो लाग्छ रबि?
रवि -तिमिले भन्दा बढि नै गरोस । सोनिया- के रे मैले भन्दा बढि हुनत केटी पाए पछि केटाहरु त्यास्तै हुन् तर माया चै नमार नि ।
रवि – तिमिलाई माया मार्न लाई त म नै मर्नु पर्छ । त्यास्तैमा सोनियाको मेसेज् टोन बज्छ। सोनिया मेसेज हेर्छ । रवि – कस्को मेसेज हो सोनि?
सोनिया – राकेश को मेसेज केके भन्दैछ त्यही छ र नि मेसेज गर्छ ।
रवि – किन के भन्छ र?
सोनिया -हे केहि हैन भनन साचिकै कति माया गरोस जस्तो लाग्छ तिम्रो गलफ्रेन ले ।
बोल्छ रवि – आफुलाइ भुलेर गरोस म उस्लाइ सम्हाल्न सकु त्यो बेला पागल नै बनुन मेरो मायामा म उस्लाइ जीन्दगी भरि स्याहार गर्न पाउ । मेरो माया मा उसले होस गुमाए पनि मेरो माया को फिल जिवन भरि हुन्छ र मलाई पनि।
सोनिया- राम राम यति साह्रो सुन्दा त तिमि नै पागल हुनु भन्दा अघि प्रेमको सहिद हुन्छौ होला जस्तो लाग्छ ।
त्यास्तैमा फेरि सोनिया को मसेज टोन बज्यो। रवि- कस्को मेसेज आयो फेरि बेउटी लाई?
सोनिया – कस्को हुनु र राकेश कै जाम बोलाको बोलाकै गर्छ । रवि – लल जाउ खै तिम्रो जुत्ताको लेस खुस्किएछ म बाधि दिन्छु । बडो प्यार ले सोनिया को जुत्ता को लेस बाधिदिन्छ । त्यास पश्चात दुबै जना सबै साथिहरु भए ठाउमा पुगे । धेरै रमाइलो गरिरहेका थिए सबै जना कोहि गिटार बजाउदै गाउदै थिए कोहि खादै पिउदै रमाइरहेका थिए । त्यास्तै मा राकेश सोनिया र रवि बसेको टेबल मा कुर्सि तान्दै मिलेर बस्यो । रिसाए जास्तो गर्दै बोल्छ राकेश- जहिले तिमि हरु चै साथिहरु पनि चाहिदैन है दुईजना भए । बोल्छ रवि – नरिसान हामी सोनिया संग आज मात्र हो र हामी सधै यस्तै हो नि बरु हाम्रो फ्रेन्ड्सीप लाई सलुट गर । हास्छे सोनिया । अझै थप्छ राकेश- गर्यो सलुट यस्तो नि फ्रेन्डसिप हुन्छ यो त शेलफिशसिप चै हो । सबै जना हास्छन राकेश को कुरामा । त्यास्तै समय बित्ने क्रम जारिनै रहयो । नभन्दै भरलेनटाइन पनि आयो आज २०१७फेब्रुरि १४आज भलेनटाइन  रवि – खुब खुशिको पल आफै आभास गर्दै छ ।  आज सारा मनको कुरा उनिलाई भन्नु छ आफ्नो दिल भरिको माया उनिलाई पोख्नु छ । रबि एकाबिहानै नुहाइ धुवाइ गरि हेन्सम बनि आफ्नो माया को पहिलो कदम बडो हर्सिलो लबज मा लम्काउदै छ एकदमै छिटो छिटो । रबिको हातमा लोभ लाग्दो रातो गुलाब को प्रेम को प्रतिक मनिने फुल बोकेको छ खुब जतन ले । नभन्दै पुग्न लाग्यो जुन आफुले आफ्नो उनिलाइ माया बिसाउने चौतारी मा बोलाएको थियो । तर दुर्भाग्य जति छिटो रबिले कदम चाले पनि समय नै अघि भयो । सोनिया को हातमा गुलाब को रातो फुल लिरहेको थियो तर सोनिया को नमोङकिन आंगालोमा राकेश बाधिरहेको छ । रवि त्याहि थलो परे । रबिले टेकेको धर्तिहरु एकाएक भासिदै गए। आकाश को छानोहरु चिरा चिरा पर्दै आफैलाइ थिचिरहेको छ रवि लचार छ आफै रवि तर आफै अन्धकार छ । रवि केहि पर बाटो छेउ मा बसि धेरै रोए । सोनिया को जुन बचन थियो । मन को कुरा भन्न नपाउदै तिमि प्रेमको सहिद हुन्छौ । त्यास्तै सोनिया संग को गर सम्बात पल हरु सम्झि सम्झि धेरै खुब रुन्छ रबि। रवि गोजी बाट हातहारु थरथर कमाउदै मोबाइल निकालछ । फेसबुकमा सोनिया लाई मेसेज गर्छ म आउन सकिन तिम्रो सामु खै केले छेक्यो छेक्यो । मलाई धेरै माया गर्ने मान्छे देखाउन सकिन सोनिया म हारे तिमिले जितेकी छौ । म फुल बोकेर माया साट्न आए । तर मन मुटु भरी घोच्ने काडा लिएर आए । तिमिलाई मैले जुन मेरो आस पास छ मेरो मान्छे भनेको थिए अरु कोहि थिएन त्यो तिमी नै थियौ । मैले तिमि बाहेक अरु कसैलाई नजर पनि लाइन लाउने मन पनि गरिन । म नराम्ररी झुक्किएको छु सोनिया । म यो दुनियाँमा तिमिबिना रहन सक्दिन मलाइ तिमि बिना को संसार मन पर्दैन सोनी । मलाइ तिमि बाहेक कुनै चिज राम्रो लाग्दैन म टाढा जानेछु यो दुनिया बाट ।

सोनिया उता घर पुगि रवि को सबै
मेसेज पढिसकेर हतार रवि को घर तिर दौडिए । सोनिया को नयन बाट आनवरत करुणाहरु तपतपि झरिरहेका थिए । सोनिया हाइवे रोडको गतिशिल सवारिसाधनहरुको वास्ता नै नगरि एकोहोरो जोडतोडले डौडिरहेकि छिन् । सवारिसाधन हरु को हरण गुञ्जाईले एकतमास ले गुञ्जमान बनाइदिन्छ काठमाडौँ जस्ता बजि सहर लाई । त्यास्तै लगभक ३०/३५ मिनेटको सोनियाको डौडाई पछि सोनिया रवि को कोठा को ढोका ढकढकाउन पुग्यो । रवि आफुले आफुलाई मृत्युको मुख मा राखेर फेसबुक लाइभ भिडियो छोडेका थिए अल बिदा को शिर्षकमा ।
सोनिया झम्टिएर आफ्नो कूम ले हानेर रवि को कोठा को ढोका तोडिन । रवि को मुख भरि र्याल चुहिहेको थियो । सोनिया आशु आसु हुदै रवि लाई आफ्नो काखमा लिन्छ । सोनिया बोल्दै थिन । आफ्नो मन को कुरा भन्न सधै संगै हुदा पनि भन्न लाई ढिला । आज को दिन मेरो सामु आउन समेत ढिला गर्ने ले किन बिष पिउन भने ढिला गरेनौ किन । मैले प्रेम को सहिद हुनु भनेर भनेको कुरा साचो मान्यो तिमिले तर आफुले गरेको माया लाई साचो मानेनौ किन?? किन रवि किन?? रवि को केहि प्राण मात्र बाकि छ । फेसबुक लाइभ भिडियो रबिले छोडेको सबै साथिहरु आसु आसु हुदै नजिक हुनेहरू हेर्दै डौडिरहेका छन् रवि को भिडियो स्थल तिर । टाढा हुने साथीहरु रुदै हेर्नु सिबाय बिकल्प थिएन ।
त्यास्तै केहि बेर मै सदा को लागि रवि प्रेमको सहिद बने । सोनिया को सदा सदा को लागि बोली नै बन्द भए । रबिले आफुले चाहे जति माया त पाए जहा आफ्नो मायामा आफ्नो प्रेमिका  पागल भाको हेर्न चहान्थो । तर त्यो माया नदेखि आफु सहिद भए ।

(लेखक एक कुशल गीतकार पनि हुन ।)

तपाईको बिचार

सम्बन्धित खबर