सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले महासमिति सदस्यहरुको टुंगो लगाएको छ ।
पार्टीको जिल्ला निर्वाचन समितिको पत्र चलानी संख्या १ बमोजिम माघ २० गतेको पत्राचार अनुसार निर्वाचन मार्फत महासमिति सदस्यहरुको चयन गरिएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनमार्फत सोलुखुम्बुबाट ११ जना उम्मेद्धारहरु निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेहरुमा प्रत्यक्षतर्फ प्रभुराम बस्नेत, नाम्गेल जाङ्बु शेर्पा, नविन थापा, मनोज खड्का, अशोक झा रहेका छन् भने प्रत्यक्ष महिलातर्फ गान्धीमाया तामाङ र गिता गुरुङ, खस आर्यमा प्रकास कुमार बस्नेत, जनजातिबाट नातिकाजी गुरुङ र पासाङ शेर्पा र जनजाति महिलाबाट फुर्किमा शेर्पा चयन भएका हुन् ।
सोलुखुम्बु जिल्लाबाट प्रतिनिधित्व गर्ने महासमिती सदस्यहरुको निर्वाचन नेपाल शिक्षक संघ सोलुखुम्बुका महाप्रसाद फुयालले सम्पन्न गर्नु भएको थियो । पार्टीको जिल्ला निर्वाचन समितिको पत्र चलानी संख्या १ बमोजिम माघ २० गतेको पत्राचार अनुसार उहाँहरु निर्विरोध हुनुभएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।
तपाईको बिचार