सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङमा पहिलो पटक मिनि बस पुगेको छ । गाउँमा पहिलो पटक बस आउँदा केटाकेटी देखि वृद्धअवस्थाका मानिसहरुमा समेत खुसी छाएको छ ।
हाल यस वडामा जन्तरधाप देखि लुम्सा, जुके र दिमिलसम्म सडक चौडा गर्ने, ग्राबेल भर्ने, सोलिङ गर्ने, पुल बनाउने काम तीब्ररुपमा भइरहेको वडाध्यक्ष होम मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाटो राम्रो र फराकिलो भएसँगै टाप्टिङ निवासी Aktivferien Nepal का M.D. मिङमार शेर्पाले उहाँको बिदेशी पाउनाहरु अरनिको बसमा काठमाडौंसम्म पुर्याउन सो बस गाउँ सम्म ल्याएको हो।
बस आएसँगै गाउँलेहरुले एक कार्यक्रम गरि बिदेशी पाउनाहरु लगायत बसको स्वागत कार्यक्रम समेत आयोजना गरेका थिए ।
तपाईको बिचार