काठमाडौ : दावा जाङबु शेर्पा
शेर्पा किदुग दोहा कतारको आयोजनामा बिगतका बर्षहरु झै यसपाली पनि आगमी मार्च ८ तारिकका दिन माहायानी बाैद्ध धर्मलम्वीहरुको नयाँ वर्ष २१५१ अाैं सि्यङ फो डुक लो अर्थात शेर्पाहरुको महान राष्ट्रिय चाड ग्याल्पो लोसार” को अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम गरी मनाइने भएको छ ।
“भाषा, धर्म, कला सांस्कृतिक हाम्रो पहिचान, जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान”भन्ने मुल नाराका साथ सन् २०१७ फेब्रुअरी १० तारिखमा कतारमा स्थापना गरिएको यस सस्थाले सातै पटक ग्याल्पो लोसार चाड मनाउन लागिएको सस्थाका बरिस्ठ उपाध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।
बिगतका बर्षहरुमा जै यसपाली पनि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति साथै विभिन्न शेर्पाको मौलिक झाकी प्रदशन लगायतका अन्य बिबिध कार्यक्रम गर्दै चाड मनाउन लागिएको शेर्पाले बताउनु भयो ।
दोहा स्थित Greand Mall Welfare रेष्टुरेन्टमा
हुने बृहत कार्यक्रमको लागि शेर्पा किदुग दोहा कतारले यहाँ स्थित सम्पुर्ण नेपाली समुदायमा गरिमामय उपस्थितिको पनि हार्दिक अनुरोध गर्नुको साथै भब्य कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
तपाईको बिचार