बुद्धलक्ष्मीको अध्यक्षतामा ११ नयाँ कार्यसमिती फल्लेवास विकास समिती गठन - दुधकोशी खबर

बुद्धलक्ष्मीको अध्यक्षतामा ११ नयाँ कार्यसमिती फल्लेवास विकास समिती गठन

  • Dudh Koshi २०८० माघ १३ शनिवार २२:३०:५९

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका – १ टाक्सिन्दु फुलेलिस्थित फल्लेवास विकास समितिको नयाँ कार्यसमिती चयन गरिएको छ   ।

समितिको पुर्वअध्यक्ष बुद्धलक्ष्मी राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ  कार्यसमिती गठन गरिएको हो ।

समितीको उपाध्यक्षमा पुरुषबाट टेकराज राई र महिलाबाट कमला राई, सचिवमा रामकुमार राई, सह-सचिवमा धिरज राई र कोषाध्यक्षमा बलकुमार राई चयन भएका हुन ।

चयन हुनेहरुबाट नवगठित समितिको उपाध्यक्ष टेक राज राई र सह-सचिव धिरज राईबाहेक अन्य पदाधिकारीहरु दोहिरिएका छन । उनिहरु संस्थाको पाँचौ सम्मेलनबाट आज (शनिबार) गठित समितीहरु हुन ।
यसविचमा फुलेलीमा निर्माणाधीन खालिङ वृद्दा आश्रमको पनि सार्वजनिक सुनुवाई गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर