लिखुपिकेमा राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता सम्पन्न - दुधकोशी खबर

लिखुपिकेमा राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता सम्पन्न

  • Dudh Koshi २०८० माघ १३ शनिवार २१:५५:३४

सोलुखुम्बु । स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारासहित लिखुपिके गाउँपालिकाको आयोजनामा संञ्चालित २ दिने दोस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता
सम्पन्न भएको छ ।

लिखुपिके ३ मा रहेको हिमगंगा माध्यमिक बिद्यालयको प्राङ्गणमा सम्पन्न उक्त रनिङ शिल्ड प्रतियोगिताको बिभिन्न बिधामा गरी ४ स्वर्ण ३ रजत र ३ काँस्य गरी १० मेडल प्राप्त गरी बुद्व माबि लिखुपिके २ प्रथम भएको छ ।

त्यस्तै ४ स्वर्ण,३ रजत र २ काँस्य गरी ९ मेडलको साथमा चन्द्रज्योती माध्यमिक बिद्यालय लिखुपिके ५ भकान्जे द्वितीय भएको छ भने ,
२ स्वर्ण,४ रजत र ५ काँस्य सहित ११ मेडल प्राप्त गर्दै हिमगंगा माध्यमिक बिद्यालय लिखुपिके ३ तृतिय भएको आयोजकले जनाएको छ ।

२ दिन सम्म चलेको कार्यक्रमको अध्यक्षता शिक्षा शाखा संयोजक रेखराज बस्नेतले गरेका थिए । भने प्रमुुख अतिथिका रुपमा लिखुपिके गाउँपालिका प्रशासकिय अधिकृत काजिमान राई रहेका थिए ।

त्यस्तै ४ वटा वडाका वडा अध्यक्ष तथा बिभिन्न वडाका वडा सदस्य लगायत स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी , पत्रकार लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष ,र उपाध्यक्ष भने बिशेष कारणले गाउँपालिका नरहेकाले उपस्थिति हुन नसकेको जनाएका छन ।

तपाईको बिचार

सम्बन्धित खबर