जनकल्याण मावि जुबुका छात्राहरुलाई सेनेटरी प्याड - दुधकोशी खबर

जनकल्याण मावि जुबुका छात्राहरुलाई सेनेटरी प्याड

सोलुखुम्बु ।  फ्रिडम किट व्याग्स युके नामक संस्थाले थुलुङ दुधकोशी गाउँपालिका ४ स्थित जनकल्याण माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

यस संस्थाले केही समयअघि मात्रै विद्यालय मै पुगेर प्याडको उपयोगिताबारे प्रशिक्षण गराउँदै १ सय ४० जना विद्यार्थीहरुलाई १ लाख १२ हजार ५ सय १२ रुपैयाँ बराबरको सेनेटरी प्याड वितरण गरेको हो ।
फ्रिडम किट व्याग्सको प्रशिक्षण निर्मला श्रेष्ठले गर्नुभएको हो ।

हालसम्म यस संस्थाले नेपालको डडेलधुरा, अछामदेखि सोलुखुम्बु, खोटाङ सहित १२ हजार जना महिला तथा बालबालिकाहरुलाई सेनेटरी प्याड वितरण गरिसकेको छ । यति मात्र हैन भुकम्प प्रभावितलाई राहत वितरण गर्ने देखि अन्य सामाजिक कार्यमा समेत यो संस्था सक्रीय रहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर