महिला सिडियो ले हाँकेको सोलुखुम्बु - दुधकोशी खबर

महिला सिडियो ले हाँकेको सोलुखुम्बु

सोलुखुम्बु । गुल्मेली चेली देवी पाण्डे खत्री । अहिले सोलुुखुम्बुको प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लाको कमाण्ड गर्दैछिन् । ओठमा मुसुक्क मुस्कान, मिलनसार स्वभावको देखिने देवी पाण्डे प्रशासनिक सेवा पनि त्यति कै छिटो, छरितो र पारदर्शिता सहित दिने गर्छिन् ।

सरकारी समयमात्र सेवा दिनुपर्छ भन्ने सिद्धान्तबाट उनि टाढै छ्नि । जिल्ला प्रशासनको सेवा लिन आएका टाढाका सेवाग्राहीलाई साँझ सम्म पनि सेवा दिने गरेको उनको प्रतिक्रीया छ ।
पछिल्लो समय दुर्गम अनि टाढाका भूगोलमा जागिरमा जानेहरु कमै हुन्छन् । जागरिमा जानै परे पनि सुविधा सम्पन्न सहर केन्द्रित हुने गरेको प्रष्टै छ । तर देवीको हकमा भने यो लागु हुँदैन् । किनकी उनी दुर्गमका नागरिकलाई सेवा दिन पाउँदा अत्यन्तै खुशी हुन्छिन् ।

देवी पाण्डे सोलुखुम्बुमा प्रजिअ को रुपमा आइसकेपछि सेवामा केही भिन्नता पनि बढेको छ । उनको कार्यकाल सुरु हुँदै गर्दा सेवाग्राहीसँगै हरेक शाखा कर्मचारीमा पनि खुशी छाएको देख्न सकिन्छ ।
उनले गाउँकै पेगा निमा विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरिन र त्यहाँ कक्षा ७ उत्तीर्ण गरी मुसिकोट मैदानको पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ८ देखि पढेकी हुन ।
०५४ सालमा एसएलसी उत्तीर्ण गरेकी पाण्डेले औपचारिक रुपमा काठमाडौँको पद्यमाकन्या क्याम्पसबाट आईए, जनप्रशासनिक क्याम्पसबाट मास्टर डिग्रीका साथैं ३ वर्ष भारतमा समेत अध्ययन गरेकी छिन् । पाण्डेले कोरियाबाट एलएलबी सकेर एमपिएममा मास्टर डिग्री समेत हासिल गरेकी छिन् ।
०६३ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी उनले पर्यटन मन्त्रालयमा ५ वर्ष,शिक्षा मन्त्रालय, निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गरिसकेकी थिईन् ।

लुम्बिनी प्रदेशको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा समेत केही समय काम गरेकी उनले पर्वत, गोरखा लगायतका धेरै जिल्लाहरुमा कुशल प्रशासकको रुपमा काम गरिसकेकी छिन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर