एनएमबी बैंक सोलुका प्रवन्धक राईको सरुवा, सोलु शाखामा श्रेष्ठ - दुधकोशी खबर

एनएमबी बैंक सोलुका प्रवन्धक राईको सरुवा, सोलु शाखामा श्रेष्ठ

सोलुखुम्बु । एनएमबी बैंक सोलुखुम्बु शाखाका प्रवन्धक खिरु राईको सरुवा भएको छ । सोलुुखुम्बु शाखामा विगत १३ वर्षदेखि कार्यरत राईको केन्द्रीय कार्यालय बबरमहल काठमाण्डौं सरुवा भएको हो ।

शाखा प्रवन्धक राईको सरुवा भएसँगै दोलखाको किर्ने शाखामा कार्यरत गोपाल श्रेष्ठ एनएमबी सोलुखुम्बु शाखामा सरुवा भई आउनु भएको छ।
सोलुखुम्बुबाट काठमाडौँ जान लाग्नु भएको राई र दोलखाबाट सोलुखुम्बु आउनु भएका श्रेष्ठलाई बित्तीय कर्मचारी मञ्च सोलुखुम्बु परिवारले बिदाईसँगै स्वागत कार्यक्रम गरेको छ ।

बिदाई कार्यक्रम वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुका अध्यक्ष तथा आइजिआई प्रोडेन्सियल ईन्योरेन्सका अध्यक्ष खगेन्द्र वनको सभाध्यक्षतामा समापन भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर