गाउँ मै सिलाई, कटाई तालिम, महिला दिदिबहिनीहरु खुशीले दंग - दुधकोशी खबर

गाउँ मै सिलाई, कटाई तालिम, महिला दिदिबहिनीहरु खुशीले दंग

सोलुखुम्बु । जिल्लाको नेलेका दिदिबहिनीहरु सिलाई कटाईमा व्यस्त छन् । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिका १ नम्बर वडाको समन्वयमा ३ महिने तालिम सुरु भएको छ ।

वडा कार्यालयमा सुरु भएको सिलाई कटाई तालिममा १२ जना महिलाहरु सहभागी छन् । सहभागी १२ जनाले नै भोटो, टोपी, एप्रोन, पेटीकोट र दौरा सुरुवाल आफैँले तयार पार्न थालेका छन् ।

दुर्गम गाउँमै तालिम पाउँदा सहभागी महिलाहरु खुशीले दंग छन् ।
तालिमको सहजीकरण घरेलु कार्यालयकी शान्ता कार्कीले गरिरहनुभएको छ । मंसिर २७ गतेबाट सुरु भएको सिलाई, कटाई तालिम फागुन २८ गते सम्म संचालन हुने छ ।

सिलाई, कटाई तालिमले एकातर्फ फुर्सदिलो समयको वचत त हुने नै भयो अर्कोतर्फ यसलाई व्यवसायिक रुपमा गर्न सकिए जिविकोपार्जनको भरपर्दो माध्यम पनि बन्न सक्ने देखिन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर