सानो फुलबारी संस्थाद्धारा माप्यमा आयोजित खेलकुद कार्यक्रम सम्पन्न - दुधकोशी खबर

सानो फुलबारी संस्थाद्धारा माप्यमा आयोजित खेलकुद कार्यक्रम सम्पन्न

सोलुखुम्बु  ।  माप्य दुधकोशी गाउँपालिका,सानो फुलबारी सामुदायिक संस्था वडा न. ४ डाँडागाँउद्वारा आयोजित , सोलुखुम्बु ब्यापी  महिला तथा पुरुष भलिबल र माप्य दुधकोशी गाउँपालिका स्तरीय, खुल्ला महिला तथा पुरुष  डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएकाे छ ।

सम्पन्न संगै विभिन्न बिधाका पुरस्कार समेत बितरण गरेका छन। महिला भलिबल तर्फ माप्य गाउँपालिका -७ हाकुला ए टिम, प्रथम स्थान हासिल गरेका छन भने द्वितिय माप्य  -१ जुभिङ त्यस्तै तृतीयमा माप्य -४ र सान्त्वनामा माप्य-७ का समूह बि टिम जित हासिल गरेका छन ।

पुरूष तर्फ प्रथम सोलुदुधकुण्ड नगरपालिका -११ प्रथम, द्वितिय माप्य दुधकोशी गाउँपालिका -५ , तृतिय माप्य -६ र सान्त्वनामा माप्य -४ भएका छन । खेलमा सर्वोत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिएको थियाे । सर्वाेउत्कृष्ट महिला खेलाडीकाे रुपमा माप्य गाउँपालिका-७ कि चादनी राईलाई ट्रफि मेड्लले सम्मान गरिएको छ । त्यस्तै सेटरमा सृजना राई,स्पाइकरमा बिपना राई,डिफेन्डरमा बबिता राई र सर्भरमा पबिता राईलाई सम्मान गरिएकाे छ ।

यस्तै पुरुषतर्फ उत्कृष्ट खेलाडीमा सर्वाेउत्कृष्ट खेलाडीमा सुदिप मगर, उत्कृष्ट स्पाइकरमा दाेर्जे तामाङ ,उत्कृष्ट लिफ्टरमा तामाङ पासाङ,उत्कृष्ट सर्भरमा तेजनारायण मगर,उत्कृष्ट सेटरमा मनाेज खड्का ,उत्कृष्ट बल्गरकाे रुपमा सन्दिप मगर लाई ट्रफि र प्रमाण-पत्रले सम्मान गरिएको छ ।

ब्याटमिन्टन खेलमा युजिन राई र सुदन राई प्रथम भएका छन दृितियमा हर्कजित राई र पुकार राई तृतियमा सुन्दर राई र फिलाेन राई ,राज कुमार राई र नन्दराज राईले जित हासिल गरेका छन । यसैगरि महिलातर्फ पुजा मगर र माया राई प्रथम दृितियमा नेल्सन किराँती र शशी कला राई र तृतियमा निशा राई र नलिना राई ,मुना राई र नमिका राईले जित हासिल गरेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर