'सोलु सल्लेरी' गीतको म्युजिक भिडियो सार्वजनिक - दुधकोशी खबर

‘सोलु सल्लेरी’ गीतको म्युजिक भिडियो सार्वजनिक

सोलुखुम्बु । नृत्य निर्देशक ममता थुलुङ राईको निर्देशनमा निर्मित, सोलु सल्लेरीु गीत सार्वजनिक गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुको विभिन्न स्थानमा छायाङ्कन गरिएको गीतको म्युजिक भिडियो आज एक कार्यक्रमकाबिच युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

टीका चाम्लिङ राईको शब्द, शिला बहादुर मोक्तानको सङ्गीतमा गायिका पार्वती राईले एक दशक अघि गाउनुभएको लोकप्रिय गीतलाई नृत्य निर्देशक ममता थुलुङ राईले आफनै कोरियोग्राफिमा निर्देशनको साथमा निर्माण गर्नुभएको हो । वि.सं. २०६३ सालमा गीत रेकर्ड गरिएको गीतकार टीका चाम्लिङ राईले बताउनुभयो ।

ममता थुलुङ राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको निर्देशन तथा कोरीयोग्राफी ममता राई स्वयमको रहेको सोलु सल्लेरी गीतलाई प्रवेश राईले छायाङ्कन एवं सम्पादन गर्नुभएको छ ।

निर्देशक ममता राई र जस्मिन राई मुख्य कलाकार रहेको गीतमा जन जागृति माध्यमिक विद्यालयका अन्य २५ जना कलाकारहरुका समेत अभिनय देख्न सकिन्छ । निर्माण व्यवस्थापन ध्रुव थुलुङ राई, सामाग्री व्यवस्थापन पर्वत राईले गर्नुभएको छ ।

सोलुखुम्बुको चिनारीको रूपमा रहेको हिमालका दृश्यहरू साथमा सोलुखुम्बुको विशेषता र विविधतालाई गीतको माध्यमबाट वर्णन गरी रचना गरिएको गीतलाई भिडियोको माध्यमबाट विश्वसामु पुर्‍याउन खोजिएको निर्देशक राईको भनाई छ ।

सोलुखुम्बुको परिवेशलाई समेटेर तयार पारिएको गीतलाई लामो समयपछि म्युजिक भिडियो निर्माण गर्न सफल भएको भन्दै गीतका शब्दकार टीका चाम्लिङ राई, सङ्गीतकार शिला बहादुर मोक्तान र गायिका पार्वती राईले खुसी व्यक्त गर्नुभएको छ ।

सोलुखुम्बुको सुन्दरतालाई विश्वसामु चिनाउनका साथै सोलुखुम्बुको शान अझ उच्च बनाइ गरिमा बढाउने उद्देश्य लिएर व्यक्तिगत लगानीमा सो गीतको निर्माण गरेको निर्देशक राईको भनाई छ ।

तपाईको बिचार

सम्बन्धित खबर