सोलुखुम्बु । कोशी प्रदेशबाट राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेद्वार बन्नुभएका नेताहरुले सोलुखुम्बुमा मत माग्न थालेका छन। उम्मेद्वारहरु नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले सोलुखुम्बुमा अन्र्तक्रिया कार्यक्रम गरि मत माग्न थालेको हो ।
वर्तमान सत्ता गठबन्धनको दिर्घकालिन सहकार्यका लागि अहिलेका उम्मेद्वार लाई जिताउनु पर्ने कांग्रेस नेता सिटौलाको भनाई छ । राष्ट्रिय सभा चुनावमा नेताहरुले नै मतदान गर्ने भएपनि अघिल्ला चुनावमा कतिपय मत बदर भएकाले यो चुनावमा मत बदर नहुनेगरी मतदान गर्न अपिल गर्नुभएको छ ।
तपाईको बिचार