फतान्जेमा मकर सन्क्रान्तिको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न - दुधकोशी खबर

फतान्जेमा मकर सन्क्रान्तिको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

दिप खालिङ/प्रधान सम्पादक
सोलुखुम्बु
सोलुदुधकुण्ड नगरपालिकाको वडा न-१०, फतान्जेमा माघे सन्क्रान्तिको अवसरमा मकर सन्क्रान्तिको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
धार्मिक पर्व, सास्कृतिक उत्सब र नेपाल एक बहु धार्मिक देश भएकोले समाजको बार्शिक योजना बनाउने महत्त्वपूर्ण अवसर को सङगम हुनुको साथै मगर समुदायमा यो चाडले छुट्टै विशेषता रहेको र आत्मिय पर्ब रहेको सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुख गान्धीमाया तामाङ्ले शुभकामना प्रदान गर्दै व्यक्त गर्नु ।
माघ १ गते नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन रहेको र मगर समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्ति सास्कृतिक, परम्परा र मौलिक रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेको वडा अध्यन होम बहादुर मगरले बताउनु भयो ।
माघी पर्व बिशेश सम्प्रदायमा आफ्नो भुगोल अनुसार परम्परा, पहिचान, भेषभुषा, मौलिक खानपान, समुदायको एकता, सद्भाव, बिश्वासको रुपमा मनाउने प्रचलन छ ।

फतान्जे सामुदायिक गाउँ गूठी सेवा समाजको आयोजनामा माघे सन्क्रान्तिको दिन भब्य कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर