सोलुमा छयांकन गरिएको "कति राम्री भाकी छौ" भिडियो सार्वजनिक - दुधकोशी खबर

सोलुमा छयांकन गरिएको “कति राम्री भाकी छौ” भिडियो सार्वजनिक

  • Dudh Koshi २०८० माघ १ सोमबार २२:२६:२७

सोलुखुम्बु । दिपक शर्माको शब्दमा गायक सागर शर्मा (पराजुली)को आवाजमा रहेको गीत ‘कति राम्री भाकी छौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्👇️

सोलुखुम्बुको रातनागी, बेनि, छुल्यामु लगायतका विभिन्न स्थानमा छयांकन गतिएको म्युजिक भिडियोको निर्देशन दिप खालिङ (प्रदिप) ले गरेका हुन्।
यस म्युजिक भिडियोमा संगित तथा संयोजन सन्तोष खनालले गरेका छन्।
म्युजिक भिडियोमा नायिका रमिता राई र मोडल प्रकाश एस के ले अभिनय गरेका छन्।
भिडियोको छायाङ्कन प्रदिप राईले गरेका हुन् भने भिडियोको सम्पादन पनि उनैले गरेका छन्।
साथै कोरियोग्राफरको भुमिका ममता थुलुङ राईले निर्वाह गरेकी छिन । यस्तै एरेन्जर विपिन अचार्य, को – आर्टिस्टमा भवी खालिङ ( दर्पण), दावा तामाङ, सुमित्रा तामाङ, प्रतिका राई, कृतिका राई, निमायाङ्जी शेर्पा, सविता श्रेष्ठ, यमुना भुजेल, खुशी राई, निक्सन मगर, जेसिका शेर्पा, निमा शेर्पा रहेका छन।

Video Link :

कलरिङ तथा पोष्टर  सिजन शिरिषले गरेका छन भने ड्रोन भवि खालिङ (दर्पण), भान्छा भवी खालिङ (दर्पण) रमन वन र नरबहादुर मगर ।
सोमबार खालिङ इन्टरटेनमेन्ट र पिके भ्लग  थ्री बाट  एक साथ सार्वजनिक भएको यश म्युजिक भिडियोको प्रोडक्सन म्यानेजरमा रमन वनले भुमिका खेल्नु भएको छ भने पोष्ट प्रोडक्सन दुधकोशी संचार प्रालिले गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर