सोलुको नयाँ बजारमा बन्ने भयो सुविधा सम्पन्न भौतिक पूर्वाधार, मेयर शेर्पाले गरे शिलान्यास - दुधकोशी खबर

सोलुको नयाँ बजारमा बन्ने भयो सुविधा सम्पन्न भौतिक पूर्वाधार, मेयर शेर्पाले गरे शिलान्यास

  • Dudh Koshi २०८० पौष २९ आइतबार १६:०२:३५

सोलुखुम्बु । जिल्लाको प्रमुख व्यापारिक केन्द्र नयाँ बजार हाट बजार भौतिक पूर्वाधार निर्माणको प्रक्रीया सुरु भएकोे छ । सोलुदुधकुण्ड नगरपालिका ६ स्थित नयाँ बजारलाई थप व्यवस्थित गर्ने उदेश्यले आज नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा, उपमेयर गान्धीमाया तामाङ, वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा र बजार व्यवस्थापन समितीका अध्यक्ष राजिव कायस्थले संयुक्त रुपमा शिलान्यास गर्नुभएकोे हो।
पूर्वाधारको शिलान्यास गर्दै मेयर शेर्पाले अब छिट्टै नै यस बजारको मुहार फेरिने उल्लेख गर्नुभयो ।
यस्तै वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले आफ्नो वडाको विकासको लागि दिन रात नभनी लागी परिरहेको बताउनुभयो ।
देनदुव धनलक्ष्मी देवी निर्माण सेवाले १, ५२, ५३ ४५३, ३१ पैसा लागतमा निर्माण हुन लागेको भौतिक पूर्वाधार २०८० साल माघ मसान्तसम्म सम्पन्न गर्नुपर्ने छ ।

तपाईको बिचार

सम्बन्धित खबर