मेयर शेर्पाले गरे जुभिङमा निर्माणाधीन मोटर पुलको अनुगमन, गुणस्तरीयतामा ध्यान दिन निर्देशन - दुधकोशी खबर

मेयर शेर्पाले गरे जुभिङमा निर्माणाधीन मोटर पुलको अनुगमन, गुणस्तरीयतामा ध्यान दिन निर्देशन

  • Dudh Koshi २०८० पौष २८ शनिवार १६:४०:५९

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिका जोड्ने निर्माणाधिन मोटरेवल पुलको सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले अनुगमन गर्नुभएको छ ।
नगरपालिकाको वडा नम्बर १ टाक्सिन्दु र माप्यदुधकोशी गाउँपालिकाको जुभिङलाई जोड्ने पुलको आज मेयर शेर्पा, वडाध्यक्ष छोङ्बा शेर्पा, निर्माण कम्पनिका प्रतिनिधि लगायतको उपस्थितिमा स्थलगत अनुगमन गरिएको हो ।
पुलको अनुगमन गर्दै मेयर शेर्पाले निर्माण कम्पनिलाई गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभयो । यस्तै वडा नम्बर १ टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पा वडाको तर्फबाट समय समयमा अनुगमनमा जानुका साथै कम्पनीसँग समन्वय गरिरहेको बताउनुभयो।
सडक डिभिजन कार्यालय हर्कपुरको भ्याटसहित रु. ७ करोड ६ लाख लागतमा महादेव खिम्ती हिराचन जेभीले निर्माण गरिरहेको छ ।
२०७५ सालमा निर्माण सम्झौता भएको यस पुलको २ पटक म्याद थपिएको निर्माण कम्पनिका साइड इन्चार्ज बुद्दी मगरले जानकारी दिनुभयो ।
५० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको यस पुल अबको ४ महिनाभित्र निर्माण कार्य सक्ने मगरको भनाई छ ।
सामान ढुवानी, माटो परिक्षणमा ढिलाई, कोभिड लगायतका  समस्याका कारण म्याद थपिएको उहाँले उल्लेख गर्नुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर