सोलुदुधकुण्ड नगरले सिजनल भिसामा कोरिया पठाउने,भयो सम्झौता - दुधकोशी खबर

सोलुदुधकुण्ड नगरले सिजनल भिसामा कोरिया पठाउने,भयो सम्झौता

  • Dudh Koshi २०८० पौष २७ शुक्रबार २२:२५:२५

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले सिजनल भिसामा कामदार दक्षिण कोरिया पठाउने भएको छ ।
कृषि क्षेत्रका कामदारहरुलाई सिजनल भिसामा कोरिया पठाउन नगरपालिकाले कोरियाको डोङबाङ डीएस सीस्टम लिमिटेड कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको हो ।
प्रारम्भिक सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीओन्ची राजा र नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले हस्ताक्षर गर्नुभयो ।


५ बुँदे प्रारम्भिक सम्झौतापत्रमा कम्पनीले कामदारहरूको मानवअधिकार सुरक्षा गर्दै कामका लागि अनुकूल अवस्था बनाउने, नगरपालिकाले कामदारहरूको समय घर्किनेबित्तिकै फर्काउने ग्यारेन्टी गर्नेलगायतका बुँदाहरू समेटिएको मेयर शेर्पाले जानकारी दिनुभयो ।
सम्झौता आधिकारिक हस्ताक्षर भएको एक वर्षसम्म लागू हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर