थुलुङ दुधकोशीको बर्खु-घाटमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै - दुधकोशी खबर

थुलुङ दुधकोशीको बर्खु-घाटमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

  • Dudh Koshi २०८० पौष १९ बिहीबार १९:२३:००
default

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको बर्खु घाटमा भलिबल प्रतियोगिता हुने भएको छ ।

माघे संकान्तिको अवसर पारी चेराखु टोल विकास संस्था थुलुङ दुधकोशी गाउँपालिका- ७ देउसाको आयोजनामा माघ १ गतेदेखी ३ गतेसम्म साविक वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिने भएको हो ।
खेलका नियमहरू यस्तो छ…
– खेल अन्तराष्ट्रिय नियमअनुसार खेलाईने
– खेलमा खेलाडीहरू सविक वडाको  मात्र हुनु पर्ने छ जसको लागि खेलाडीहरुले आफ्नो परिचय खुल्ले प्रमाण अनिवार्य बुझाउनु पर्ने छ।
– खेलमा टिम प्रशिक्षक सहित ९ जना हुनु पर्ने छ भने खेलडीहरूले खानु बस्नुको व्यबस्था आफैले गर्नुपर्ने छ।
– खेलमा विवाद भएमा निर्णायक र आयोजकको निर्णय सर्वमान्य हुनेछ ।
खेलमा सहभागी जनाउन पौष २९ गते भित्र टिम दर्ता गराउनुपर्ने छ भने रु. २ हजार रुपैयाँ टिम दर्ता शुल्क लाग्ने छ ।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई  क्रमश : नगद रू २० हजार, १५ हजार, १० हजारको साथमा ४ हजार, ३ हजार, २ हजार  बराबरको ( भाले ) र सान्त्वना हुनेलाइ ४ हजार बराबरको भाले तथा उत्कृष्ट खेलाडीलाई २ हजार बराबरको पोथी कुखुरा पुरस्कार प्रदान गरिने छ ।

तपाईको बिचार

सम्बन्धित खबर