खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित सामातुङ पाँचगरे सडकलाई स्थानीय बासीले उत्साह साथ श्रमदान गरेका छन् । शनिबार आफ्नो गाउँ आफै बनाउँ भन्दै बाम्राङका रहेका स्थानीय बासीले उत्साह साथ श्रमदान गरिरहेका हुन् ।
सामातुङ र थापागाउँका ७९ घर स्थानीयले कम्तीमा १०,१० दिन श्रमदान गर्नेछन् र कुनै घरबाट आउँन नभ्याउँदा पाचँ सय समितिको खातामा जम्मा गर्नु पर्ने थापागाउँ सामातुङ पाचँगरे सडक समितिका संयोजक ललितकुमार राईले बताए । हाल युकेमा रहेका २७ जना सामातुङ्गेबाट प्राप्त भएको १६ लाख ७७ हजारमा सामातुङ पाँचगरे सडक स्तरोन्नतीको काम सुरु गरिएको हो ।
हाल ३ मिटर फराकिलो रहेको सडकलाई ६ मिटर फराकिलो बनाउनेगरी स्तरोन्नतीको साथ श्रमदान थालिएको हो । करिब ३२ लाखको लागतमा सडक स्तरोन्नतीको काम पूरा हुने श्रम समितिले जनाएको छ ।
२०७६ सालमा एक लाखमा ट्र्याक खोलिएको सडक स्तरोन्नतीका लागि नगरपालिकाले १० लाख बजेट बिनियोजन गरेको छ । वडा कार्यालय बाम्राङबाट दुई लाख ५० हजार प्राप्त भएको श्रम समितिका संयोजक राईले जानकारी दिए । सडक फराकिलो बनाउने, ड्रेन हाल्ने, हिलो हुने क्षेत्रमा कजवे राख्ने, आरसिसि ढलान गर्नेगरी स्तरोन्नतीको काम थालिएको हो ।
सामातुङ पाँचगरे सडक स्तरोन्नतीको काम सुरु आफ्नो जन्मथलोको सडक स्तरोन्नतीका लागि पूर्वयुके लाहुरे कुमार राईको पहलमा सहयोग रकम संकलन गरिएको थियो
संकलित रकम मध्ये १४ लाख नगरप्रमुख भट्टराईमार्फत उपभोक्ता समितिलाई पुस १० गते शिलान्यास कार्याक्रममा हस्तान्तरण गरेका थिए बाँकी रहेको रकम दुई लाख सतहत्तर हजार पाचँ सय रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तिर्थराज भट्टराई मार्फत समितिलाई श्रमदान कार्यक्रमको अवसर पारेर हस्तान्तरण गरेका छन् ।स्थानीय सहित श्रमदान अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर तिर्थराज भट्टराईको सहभागिता रहेको थियो । Khotang Today
तपाईको बिचार