खोटाङमा गुप्तेश्वर गुफाको प्रचारप्रसारका लागि पुराण लगाउने - दुधकोशी खबर

खोटाङमा गुप्तेश्वर गुफाको प्रचारप्रसारका लागि पुराण लगाउने

खोटाङ। गुप्तेश्वर आर्यघाट व्यवस्थापन समिति दिक्तेलले गुप्तेश्वर गुफाको व्यवस्थापन र प्रचारप्रसार गर्न पुराण लगाउने भएको छ।

पुस २६ गतेदेखि सप्ताहव्यापी श्रीमदभागवत पुराण लगाईने गुप्तेश्वर आर्यघाट व्यवस्थापन समिति सचिव तारानाथ आचार्यले जानकारी दिए।

आचार्यका अनुसार पुराण गुफा प्राङगणमा लगाइनेछ। दिक्तेलको आचार्य गाउँ पुछार गुप्तेश्वरमा अवस्थित गुफामा नयाँ अन्नबाली चढाएर मात्र खानुपर्ने भन्ने धार्मिक मान्यता छ।

गुफाको व्यवस्थापन, प्रचारप्रसारका लागि लगाइने पुराणको मुख्य वाचक पण्डित मित्रप्रसाद ढकाल र उप वाचक प्रकाश न्यौपाने रहनेछ।

ओझेलमा परेको गुफालाई देश, विदेशमा चिनाउन, पर्यटन प्रवद्र्धन गर्न र एक पटक गुफासम्म मानिसलाई तान्नलाई पुराण लगाउने निर्णय गरिएको गुप्तेश्वर आर्यघाट व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष हर्क खत्रीले बताए।

तपाईको बिचार

सम्बन्धित खबर