सोलुखुम्बुका कुलुङहरु चाक्चाकुर चाडमा व्यस्त - दुधकोशी खबर

सोलुखुम्बुका कुलुङहरु चाक्चाकुर चाडमा व्यस्त

  • Dudh Koshi २०८० पौष १६ सोमबार १६:०१:४६

सोलुखुम्बु । जिल्लाको महाकुलुङ क्षेत्रका कुलुङ समुदायले आइतबारबाट धुमधामका साथ चाक्चाकुर पर्व मनाउन सुरु गरेका छन् । कुलुङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व अन्र्तगत यस बर्षको चाक्चाकुर पर्व आइतबारबाट सुरु भएको हो ।

महाकुलुङ गाउँपालिका वडा ३ छेस्काम हल्ला प्राङ्गणमा महाकुलुङ गाउँपालिकाको कार्यलय बुङ सोलुखुम्बुको (प्रायोजक) महाकुलुङ गाउँपालिका ३ न वडा कार्यलयको ( समन्वय ) र चाम्लाङ सिर्जनशील युवा समाज महाकुलुङ गाउँपालिका ३ छेस्कामको ( आयोजक )मा पौष १७ तते सम्मका लागि सञ्चालन भैईरहेको छ ।

महाकुलुङमा आदिवासी किराँत कुलुङ जातिहरुको महान समुदायहरुको पर्व मिनारी – दाचाम चासुम्लो नीङ दोङ फाइम येले दोङ ५०८४ को उपलक्ष्यमा खुल्ला फुटबल प्रतियोगिता तथा विविध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम –२०८० ( चाक्चाकुर ) महोत्सवमा आज सम्मानित कुलुङ पुर्खाहरु र आमन्त्रीत अतिथिहरुलाई पगडी लगाएर उद्घाटन गरिएको छ ।

महाकुलुङ गाउँपालिका १का वडाअध्यक्ष पर्खिधन राईले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले उक्त कार्यक्रममा कुलुङ समुदायको चार्ड मनाउन लागि सादर अनुरोध गर्दै चार्डपर्ब मनाउने क्रममा कसैको इच्छा र चाहाना क्रियाकलाप तथा समाजमा अशोभनीय देखिने कार्य नगरी र खुशायालीका साथ पर्व मनाउन आग्रह समेत गर्नुभएको छ ।

मध्य पुसमा कुलुङ समुदायको प्रमुख बाली कोदो भित्राईसकेपछि अन्नको सह होस्, अनिकाल नलागोस भनेर पितृ र प्रकृतिलाई पुज्दै गर्दै यो पर्व मनाउने गरेको आयोजकले जनाएको छ ।

खुल्ला पुरुष फुटबल प्रतियोगितामा जम्मा १९ टिमहरुको उपस्थिति रहेको छ भने साथै विविध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमका लागि कलाकार समेत उपस्थिति भएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर