सल्लेरी - खुम्बु सडकलाई थप बजेट व्यवस्था गर्न मेयर शेर्पाले भेटे अर्थमन्त्री - दुधकोशी खबर

सल्लेरी – खुम्बु सडकलाई थप बजेट व्यवस्था गर्न मेयर शेर्पाले भेटे अर्थमन्त्री

  • Dudh Koshi २०८० पौष १५ आइतबार २०:०८:२७

सोलुखुम्बु । सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले अर्थमन्त्री डा.प्रकाशशरण महतसंग भेटी सडक कालोपत्रेका लागि आवश्यक बजेट ब्यबस्था गरिदिन आग्रह गर्नुभएको छ।

सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख समेत रहनुभएका शेर्पाले आईतवार अर्थमन्त्री डा.महतसंग भेट गरि बजेट अभावका कारण सल्लेरी-सिलगुडी – कांकु बासा हुदै खुम्बु पासाङल्हामु जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कालोपत्रेको काम रोकिने अवस्थामा पुगेकाले त्यसको निरन्तरताका लागि आवश्यक बजेट बिनियोजन गरिदिन आग्रह गर्नुभएको हो।उक्त सडक खण्ड १०.५ किलोमिटर कालो पत्रेको शिलान्यास नगरप्रमुख शेर्पाले गएको असोज ३ गते गर्नुभएको थियो।

कालोपत्रेका लागि ६० करोड स्टिमेट भए पनि ४० करोडमा यसैबर्ष ठेक्का सम्झौता भएको थियो।तर सरकारले चालु आवमा न्युन बजेट बिनियोजन गरेका कारण बजेट अभावले कामलाई निरन्तर आगाडी बढाउन र तोकिएको समयमा काम सम्पन्न गर्न कठिनाई भएको नगरप्रमुख शेर्पाको भनाई छ।

जिल्लाकै आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्न सक्ने प्रमुख पर्यटकीय मार्ग भएका कारण समयमै काम सम्पन्न गर्नु आवश्यक रहेकाले आफुले थप बजेट ब्यबस्थाका लागि अर्थमन्त्री महतसंग आग्रह गरेको नगरप्रमुख शेर्पाले रहस्य खबरलाई बताउनुभयो।

नगरप्रमुख शेर्पाका अनुसार यहि माघ भित्र एक चौथाई बजेट निकासा दिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री महतले कामलाइ निरन्तर अगाडी बढाउन सहमति जनाउनु भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर