तारा फाउन्डेसनद्वारा टाक्सिन्दु मा.बि.मा शैक्षिक सामाग्री बितरण - दुधकोशी खबर

तारा फाउन्डेसनद्वारा टाक्सिन्दु मा.बि.मा शैक्षिक सामाग्री बितरण

  1. सोलुखुम्बु: हिमालयन तारा अर्गनाइजेसनको आयोजनामा तारा फाउन्डेसनको आर्थिक सहयोगमा सोलुदुधकुण्ड नगरपालिका वडा न १, टाक्सिन्दु माध्यामिक बिद्यायलमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।

उक्त बिद्यायलमा अध्ययन गरि रहेको २०४ जना बिद्यार्थीहरुलाई तारा फाउन्डेसनका अध्यक्ष तथा तत्कालीन वडा अध्यक्ष छोङ्बा शेर्पा र फाउन्डेसनका सचिब सुरेश खडकाले शैक्षिक सामग्री हस्तान्तरण गर्नु भएको हो ।
स्थानिय तहका सरकारी बिद्यायलमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि बिकासको लागि तारा फाउन्डेसन बार्शिक रुपमा शैक्षिक सामग्री र छात्रवृत्ति बितरण गरि रहेको अध्यक्ष छोङबा शेर्पाले बताउनु भयो ।
सोलुदुधकुण्ड नगरपालिका वडा न १ भित्र सन्चालन भइरहेको सरस्वती आधारभुत बिद्यायल, बालबिकास आधारभुत बिद्यायल, बाबुछिरी बाल कल्याण आधारभुत बिध्यालय, रिङ्मु आधारभुत बिद्यायललाई अमेरिका निवाशि सस्थाका प्रेसिडेन्ट लिलि बोनिको जन्मोत्सवमा  शैक्षिक सामग्री बितरण गरेको सस्थाका सचिब सुरेश खडकाले जानकारी दिनु भयो ।
उक्त बिद्यायलको अर्धबार्षिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रममा पनि सोही कार्यक्रममा समापन भएको थियो ।यश बिद्यायलको निम्ति भौतिक तथा आर्थिक रुपमा सहयोग गरिरहन्नु भएकोमा प्रधानध्यापक अबिरमान राईले धन्याबाद ज्ञापन व्यक्त गर्नु भयो ।
बिदेशी नागरिक , विभिन्न सघ सस्थाको अतिथी साथै अबिभाबकको उपस्थितमा कार्यक्रम सप्पन्न भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर