इलेक्ट्रोनिक मोटरसाइकल बनाएका लिखुपिकेका विश्वकर्मालाई नेविसंघ सोलुद्धारा सम्मान - दुधकोशी खबर

इलेक्ट्रोनिक मोटरसाइकल बनाएका लिखुपिकेका विश्वकर्मालाई नेविसंघ सोलुद्धारा सम्मान

सोलुखुम्बु । लिखुपिके गाउँपालिको ५ भकान्जेस्थित चन्द्र ज्योति माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आशिष विश्वकर्माले ईलेट्रीक मोटरसाईकल बनाएका छन् ।

विश्वकर्माले १५ दिनको छोटो समयमा नै ईलेट्रीक मोटरसाईकल बनाएका विश्वकर्माको मिहिनेत र लगनशिलताको उच्च कदर गर्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले एक कार्यक्रमकाबीच नगद तथा सम्मान-पत्रले सम्मानित गरेको छ ।

उनलाई नेपाली काँग्रेस लिखुपिकेका सभापति सुरज बस्नेतले नेपाल विद्यार्थी संघ मार्फत रु ५ हजार रुपैँया सहयोग गरेको हो ।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ सोलुखुम्बुका उपाध्यक्ष एवं प्रदेशसभा ‘ख’ का संयोजक राजिव बस्नेत, सचिव मोहन कृष्ण निरौला लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको बिचार

सम्बन्धित खबर