सोलुखुम्बुको नेलेमा सकियो एक दिवशीय मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम - दुधकोशी खबर

सोलुखुम्बुको नेलेमा सकियो एक दिवशीय मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम

सोलुखुम्बु । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुले एक दिवशीय मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संगठनले ‘सबैका लागि सधैँका लागि मानव अधिकार’ भन्ने मुल नाराका साथ नेले बजारमा जिल्लास्थित प्रशिक्षकहरुको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्लामा मानव अधिकार हननका घटना रोक्न, मानव अधिकारको सम्मान गर्न, संरक्षण गर्न तथा प्रवद्र्धन गर्ने उदेश्यका साथ जिल्ला संगठनले थुलुङ दुधकोशी गाउँपालिका १ नम्बर वडा कार्यालयमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको संगठनका जिल्ला उपसभापति हिमाल गिरीले बताउनुभयो ।
कार्यक्रम उद्घाटन सत्रको प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला समन्वय समितिका सदस्य सिता थापाले प्रशिक्षणमा बुझेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो। ग्रामिण क्षेत्रमा यस प्रकारको प्रशिक्षक ल्याएर कार्यक्रम गर्नु आफैमा गौरवको विषय भएकाले अन्य पालिकाहरुमा पनि यस प्रकारको कार्यक्रम गर्न स्थानीय तहले बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको जोड दिनुभयो ।

नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुका उपसभापति हिमाल गिरीले राज्य प्रणालीसँग अन्तर सम्बन्धित भएर तयार भएका ऐन, कानुन तथा ति निकायहरुले मानव अधिकारको स्वतन्त्र तथा पुर्ण उपभोगका लागि कानुनी हिसाबले नै के कति सुनिश्चित हुन सकेका छन् यसलाई सही तवरले समिक्षा गर्नुपर्ने बताउनुभयो ।
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुका सभापति रमेश बस्नेतले मानव अधिकार सबैका लागि र सधैका लागि आवश्यक हुने भएकाले हरेक नागरिकको अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएकाले यसतर्फ स्थानीय सरकारले गम्भिर भएर सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका प्रशिक्षार्थीहरुले कार्यक्रम पश्चात आफुहरुलाई मानव अधिकार बारेको अनविज्ञता चिर्ने ठुलो अवसर प्राप्त गरेको बताएका छन् । यस प्रकारको कार्यक्रमहरु समय समयमा आयोजना गरिए नागरिकहरु अधिकारबाट बञ्चित भएर बस्नु नपर्ने प्रतिक्रीया दिएका छन् ।
कार्यक्रमको प्रशिक्षण अधिवक्ता विपना आलेमगर, मानव अधिकार संगठनका सचिव राधिका श्रेष्ठ, प्रमुख सल्लाहकार केसव ढुंगानाले गर्नुभएको थियो ।
प्रशिक्षणमा सुरक्षा निकायका प्रतिनिधी, शिक्षक, विद्यार्थी, महिला अधिकारकर्मीहरु, दलित प्रतिनिधि, पिछडिएका वर्गका प्रतिनिधिहरु, सञ्चारकर्मी, समाजका अगुवाहरु लगायत गरी करिब ५० जनाको उपस्थिती रहेको थियो । यसअघि मंसिर ३० गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा पनि पालिका स्तरीय एक दिवशिय मानव अधिकार शैक्षिणिक प्रशक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

 

 

तपाईको बिचार

सम्बन्धित खबर