माप्यदुधकोशी गाउपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु - दुधकोशी खबर

माप्यदुधकोशी गाउपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

default

सोलुखुम्बु । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित माप्यदुधकोशी गाउपालिकामा स्थानीय तह अन्तर्गत विद्यालय स्तरीय पाचौ राष्ट्रपती रनिङ शिल्डको प्रतियोगिताको आज भब्य कार्यक्रम सहित उद्घाटन भएको छ ।

माप्यदुधकोशी गाउपालिका भित्र सन्चालन भइरहेको ६ वटा बिदयालयले आयोजनामा सहभागी जनाएको छन् । खेलकुद र शिक्षाको सर्बाङगिन बिकासको लागि गाउपालिकाले अहम भुमिका निर्बाह गरेको गाउपालिका प्रमुख बुद्धि किरण राइले बताउनु भयो ।

गाउपालिका भित्रका शैक्षिकसत्र २०७९ गाउपालिका स्तरीय कक्षा ८ उत्कृष्ट ब्यक्तिगत अन्तर्गत अनिता रानामगर प्रथम, चन्द्रद्वोय आबि, राजन राई९दोस्रो० हिमालय मा.बि.,रावल राई, तृतीय काकु मा.बि. बिदयालयका बिध्यार्थिलाई नगद सहित पुरस्कार प्रदान गरेको थियो ।

सस्थागत अन्तर्गत काकु मा.बि., हिमालय मा.बि. र हिमालय मा.बि. लाई पनि ५००००, ४०००० र ३०००० नगद पुरुस्कार प्रदान गर्नुभएको थियो ।
गाउपालिका अन्तर्गत २०७९ सालको एसईई मा उत्कृष्ट बिध्यार्थिहरुलाई सबिन राई प्रथम, सुजिता खालिङ राई र कृस्पन राईलाई नगद पुरुस्कारले गाउपालिका सम्मान गरेको थियो ।
उदघाटन समारोहको दिन काकु मा.बि. ले ३ स्वर्ण, कास्य १ र रजत १, हिमालय मा.बि. बासाले १ स्वर्ण र हिमालय मा.बि. वाकुले २ स्वर्ण, १ कास्य र रजत २, सगरमाथा मा.बि.ले कस्य १, बासा खाली मा.बि. कास्य २ र रजत १, जुभिङ मा.बि.कास्य १ र रजत १ स्थान प्राप्त गरेका छ्न।
आज देखि उदघाटन भएको खेलकुद कार्यक्रम ३ दिन सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर