'सोलु सल्लेरी' गीतको छायांकन सुरु - दुधकोशी खबर

‘सोलु सल्लेरी’ गीतको छायांकन सुरु

  • Dudh Koshi २०८० पौष ११ बुधबार ०९:५५:१२

सोलुखुम्बु । नृत्य निर्देशक ममता थुलुङ राईको निर्देशनमा ‘सोलु सल्लेरी’ गीतको छायांकन सुरु भएको छ । सोलुखुम्बु जिल्लाको विभिन्न स्थानमा सुटिङ गरिने गीतको म्यूजिक भिडियोको छायांकन सुरु भएको हो ।

टीका चाम्लिङ राईको शब्द र गायिका पार्वती राईले एक दशक अघि गाउनुभएको लोकप्रिय गीतलाई नृत्य निर्देशक ममता थुलुङ राईले आफनै कोरियोग्राफिमा निर्देशन गर्दैहुनुहुन्छ ।

सोलुखुम्बुको विशेषता झल्किने र विविधतालाई गीतको माध्यमबाट बुझाउन खोजिएको साथै सोलुखुम्बुको चिनारीको रुपमा रहेको हिमाललाई अडियो मात्र नभई भिडियोको माध्यमबाट सोलुखुम्बुको सुन्दरतालाई देखाउन खोजिएको निर्देशक राईको भनाई छ ।


निर्देशक राई स्वयम शिर्ष भूमिकामा अभिनित गीतमा २७ जना कलाकारहरु फ्रेममा रहने बताईएको छ ।  भवी खालिङको ड्रोन, प्रवेश राईको छायांकन रहने म्यूजिक भिडियोको छायांकन  ५ दिनभित्र सकिने वहाँको भनाई छ ।

तपाईको बिचार

सम्बन्धित खबर