कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर शेर्पाले किराँत समुदाय प्र्रकृति पुजकको रुपमा रहेकाले आजको दिनको विशेष महत्व रहेको बताउनुभयो । नेपाली मौलिक संस्कार, संस्कृतिलाई जीवन्त राखियो भने मात्रै पछिल्लो पुस्ताले अनुसरण गर्न सक्ने भएकाले यसको संरक्षणमा जिमी राई उत्थान लागि परेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
नेपाल जातीय तथा धार्मिक विविधता भएको मुलुक भएकाले यहाँ भएका भाषाभाषी, धर्म, संस्कृतिलाई बचाउनु सबैको दायित्व भएको उहाँको भनाई छ । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका मेयर शेर्पाले किराँत समुदायको सभ्यतालाई आफुले धेरथोर बुझेकाले तत्कालिन प्रदेश १ को नामांकन गर्दा प्रदेशको नाम किराँत राख्नका लागि सबै भन्दा पहिला आफुले हस्ताक्षर गरेको स्मरण गराउनुभयो ।
किराँतहरु जाति नभई सभ्यता भएकाले जनजातीहरुको संस्कार संस्कृतिलाई संरक्षण गर्नमा स्थानीय सरकारको पुर्ण साथ र समर्थन रहेको उद्घोष गर्नुभयो । जिमी राई उत्थानको भवन निर्माणको क्रममा रहेकाले यसलाई पुर्णता दिन नगरपालिकाले सक्दो सहयोग गर्न आफु तयार रहेको उहाँले बताउनुभयो ।
तपाईको बिचार