सोलुको बुङमा रिडले सुरु गर्यो पुनर्ताजगी शिक्षक तालिम - दुधकोशी खबर

सोलुको बुङमा रिडले सुरु गर्यो पुनर्ताजगी शिक्षक तालिम

  • Dudh Koshi २०८० पौष ७ शनिवार २१:३२:५०

सोलुखुम्बु । रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा एकीकृत पाठ्यक्रममा आधारित ३ दिने पुनर्ताजगी शिक्षक तालिम आजबाट बुङमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै पालिका प्रमुख कुलुङले शिक्षक पेशा मर्यादित र अनुकरणीय भएकोले शिक्षकहरुले सोही अनुसारको व्यवहार विद्यार्थीसंग गर्न र तालिममा सिकेका सिप व्यवहारमा लागु गर्न आग्रह गरे ।

उँहाले शैक्षिक क्षेत्रमा रीड नेपालको महत्त्वपूर्ण सहयोग रहेको भन्दै प्रसंसा गरे भने कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका हुन् ।

सोहि कार्यक्रममा नि.प्रमुख प्रशासकीय अधिकृत झमक कटुवाल र सामाजिक विकास समिति संयोजक पर्खिधन कुलुङले शुभकामनाव्यक्त गरेका थिए I

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुका साथै ३ दिन सम्म चल्ने उक्त तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, व्यवहार, कुशल सिप, एकीकृत पाठयोजना निर्माण, नमुना अभ्यास शिक्षण र विद्यार्थी सिकाइ मूल्यांकन लगाएतका विषय वस्तु समेटिने रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतमले जानकारी दिएका छन् ।

तालिममा ९ विद्यालयका २६ जना शिक्षक र २ जना स्थानीय स्रोत शिक्षक गरी २८ जनाको सहभागिता रहनुका साथै तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक केशव देव गिरी, सरद गौतम र सुजाता राईले गरिरहनु भएको जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर