राष्ट्रिय सभा निर्वाचनमा सोलुखुम्बुबाट १८ जना मतदाता सहभागी हुँदै - दुधकोशी खबर

राष्ट्रिय सभा निर्वाचनमा सोलुखुम्बुबाट १८ जना मतदाता सहभागी हुँदै

सोलुखुम्बु :  आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सोलुखुम्बुबाट १८ जना मतदाता सहभागी हुँदै छन् । राष्ट्रिय सभा चुनावका लागि कुल २ हजार ४७ जना मतदाता मध्ये सोलुखुम्बुबाट २ जना प्रदेश सभा सदस्य सहित १८ जना मतदाता सहभागी हुने भएका हुन् । जसमा ८ वटा पालिकाका प्रमुख, उपप्रमुख तथा जना प्रदेश सभा सदस्य रहेको जनाइएको छ ।
देशभरबाट प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४९८ जना गरी कुल २ हजार ४७ जना मतदाता छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ४ बमोजिम राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।   राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको  समय सीमाभित्र १२ दलले दर्ता गराएको  निर्वाचन आयोगले जनाएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर