नेचासल्यानले रेविज विरुद्धको निःशुल्क घुम्ती खोप शिविर गर्ने - दुधकोशी खबर

नेचासल्यानले रेविज विरुद्धको निःशुल्क घुम्ती खोप शिविर गर्ने

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले रेविज विरुद्धको निःशुल्क घुम्ती खोप शिविर सञ्चालन गर्ने भएको छ । रेविजबाट बच्न गाउँपालिकाका घरपालुवा तथा सर्वजनिक कुकुर, बिरालोका लागि पुस १५ गतेबाट शिविरको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

टोल, टोलमै सञ्चालन हुने खोप शिविरमा पुस १५ र १६ गते वडा नम्बर १ मा, वडा नम्बर २ मा पुस १६ गते, वडा नम्बर ३ मा पुस १७ गते शिविर हुनेछ ।

यस्तै पुस १८ गते वडा नम्बर ४ मा र १९ गते वडा नम्बर ५ का विभिन्न टोलमा खोप शिविर आयोजना गरिएको पालिका पशु शाखा अधिकृत लेखनाथ बास्तोलाले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर