माप्यदुधकोशीमा रिडद्वारा आयोजित एक दिने कार्यशाला गोष्ठी सकियो - दुधकोशी खबर

माप्यदुधकोशीमा रिडद्वारा आयोजित एक दिने कार्यशाला गोष्ठी सकियो

  • Dudh Koshi २०८० पौष ५ बिहीबार २२:२०:०२

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका ३ खास्तापमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सकिएको छ ।

रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा आज बिहीबार उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकालाई ५ वर्षे शिक्षा क्षेत्र योजना हस्तान्तरण गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले रीड नेपालले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रसंशा गर्नुभयो । उहाँले रीडसँग पालिकाले मिलेर तयार गरेको शिक्षा क्षेत्र योजनालाई चाँडै कार्यन्वयनमा ल्याउने समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरव राई, कार्यपालिका सदस्यहरु, वडाध्यक्ष, विद्यालयका प्रअहरु, विव्यस अध्यक्ष, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियोे ।

तपाईको बिचार

सम्बन्धित खबर