सोलु सल्लेरी क्षेत्रमा गैह्रकानुनी अटो, प्रशासनको ध्यानकर्षण - दुधकोशी खबर

सोलु सल्लेरी क्षेत्रमा गैह्रकानुनी अटो, प्रशासनको ध्यानकर्षण

  • Dudh Koshi २०८० पौष ४ बुधबार १७:५६:३४

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरी क्षेत्रमा गैरकानुनी ढंगाबाट अटो रिक्सा (टेम्पो) सञ्चालन भएको भन्दै सोलुखुम्बु अटो प्रा.लि.ले प्रशासनको ध्यानकर्षण गराएको छ । जिल्ला सदरमुकाममा कानुनी प्रकृया पुरा नगरि सञ्चालनमा रहेका अटो नियन्त्रण गर्न माग गर्दै प्रा.लि.ले आज बुधबार प्र्रशासनमा ध्यानाकर्षणपत्र पेश गरेको हो ।

सोलुखुम्बु अटो प्रा.लि.का अध्यक्ष मौजन थुलुङको नेतृत्वमा पुगेको एक टोलिले मिमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै गैरकानुनी ढंगबाट सञ्चालित अटोको नियमन गर्न माग गरेका छन् । आफुहरुले लाखौँ खर्च गरेर कानुनी मापदण्डको पालन गरेपनि पछिल्लो समय जिल्लामा विना दर्ता निर्बाध रुपमा अटो सञ्चालन हुँदा आफुहरु अन्यायमा परेको अध्यक्ष थुलुङको गुनासो छ ।

कानुन सबैका लागि बराबर भएकाले सदरमुकाममै कानुन विपरित सञ्चालित अटो तथा भ्यानको नियमन गर्न उनीहरुको माग छ । सल्लेरी क्षेत्रमा हाल अन्दाजी ६५ वटा अटो रिक्सा रहेकोमा झण्डै आधा जति कानुनी प्रकृया नै पुरा नगरि सञ्चालनमा रहेको बताइएको छ ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले सबै गतिविधि राज्यको कानुन संवद हुनुपर्ने माग जायज भएकाले यसलाई प्रशासनले गम्भिर रुपमा लिएको बताउनुभएको छ । कानुनको पालना गर्ने दायित्व सबै नागरिकको भएकाले कानुन विपरित जाने छुट कही कसैलाई नभएको उहाँको भनाई छ ।

जसलाई नियमन तथा नियन्त्रण गर्न प्रशासनले चाँडै नै बैठक राखेर अघि बढ्ने निमित्त प्रजिअ अर्यालले प्रतिबद्धता जनाउनुभयो । उक्त ध्यानार्कषण पत्रको बोदार्थ जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सोलुदुधकुण्ड नगरपालिकाको कार्यालयलाई पनि दिइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर