डि.बि. किराँती(थुलुङ) स्मृति प्रतिस्ठान काठमाडौको आयोजनामा दोस्रो खुल्ला सास्कृतिक नृत्य प्रतियोगिता २०८० सम्पन्न - दुधकोशी खबर

डि.बि. किराँती(थुलुङ) स्मृति प्रतिस्ठान काठमाडौको आयोजनामा दोस्रो खुल्ला सास्कृतिक नृत्य प्रतियोगिता २०८० सम्पन्न

दिप खालिङ/प्रधान सम्पादक
डि.बि. किराँती(थुलुङ) स्मृति प्रतिस्ठान काठमाडौको आयोजनामा दोस्रो खुल्ला सास्कृतिक नृत्य प्रतियोगिता २०८० आज जिल्ला समन्वय सभा हलमा भब्य कार्यक्रम सहित सम्पन्न भएको छ ।

साहित्य सस्कृति र सभ्यता, कला, प्रतिमा र एकता स्लो गानमा आधारित विभिन्न सास्कृतिक उत्थान र प्रबर्द्धन गर्नुको साथै साहित्यकार डि.बि. किरातिको स्मृतिमा कार्यक्रम आयोजना गरिएको आयोजक जनाएको छ ।
डि.बि. किराँती एक कुशल साहित्यकार, राजनिग्य साथै समाज परिबर्तनको लागि पथ प्रदर्शक, विभिन्न लेख, साहित्यबाट योगदान गरिरहेको कार्यक्रमका प्रमुख अथिती पुर्ब मन्त्री तथा कोशी प्रदेश माननीय बुद्दी कुमार राजभण्डारीले बताउनु भयो ।
खुल्ला सास्कृतिक नृत्य प्रतियोगितामा ७ समुहले सहभागी जनाएको थियो । उक्त प्रतियोगिताको प्रथम स्थानमा थुलुङ सामा परिवार, दोस्रो स्थान दिपशिखा राई र लक्ष्मी राई, आकृती राई लक्ष्मी शेर्पाले तेस्रो स्थान ओगट्न सफल हुनु भएको थियो भने नगद, ट्रफी र प्रमाणपत्र सहितले सम्मान हुनु भएको थियो ।
प्रतियोगिता कार्यक्रममा डि.बि. किरातीद्वारा लिखित खोजी सामाजिक उपान्यास र मायाको चिनो प्रमुख अथिती, अन्य अतिथी, समाजसेबि र मिडिया तथा पत्रकारहरुलाइ प्रदान गरिएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर