कृषि प्रदर्शनी मेला गर्दै नेचासल्यान गाउँपालिका - दुधकोशी खबर

कृषि प्रदर्शनी मेला गर्दै नेचासल्यान गाउँपालिका

  • Dudh Koshi २०८० पौष ३ मङ्गलबार २१:५१:५८

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाले चौथो कृषि प्रदर्शनी मेलाको आयोजना गर्ने भएको छ । नेचासल्यान’गाउँपालिकाको शान,कृषि उत्पादन अभिबृद्दी हाम्रो अभियान’भन्ने मूल नाराका साथ पुस २१ गते मेलाको आयोजना गरेको हो ।

गाउँपालिकाको कृषि शाखाद्वारा आयोजना गरिने एक दिने सो मेलामा कृषि उपजका साथै स्थानीय औद्योगिक घरेलु सामाग्री प्रदर्शन गरिने गाउँपालिका उपाध्यक्ष बिना राईले बताईन ।

गाउँपालिका भित्रका कृषकहरुले मात्र सहभागीता जनाउन पाउने गरी वडा नम्बर २ स्थित महेन्द्रोदय माबिको प्रांगणमा आयोजना गरिने मेलामा सहभागी कृषकहरु मध्ये वडा नम्बर १ र २ का कृषकलाई चार सय र वडा नम्बर ३,४,५ का कृषकहरुलाई यातायात भाडा बापत सात सय रुपैयाँ प्रदान गरिने कृषि शाखा अधिकृत सबिता बास्तोलाले जानकारी दिइन ।

खाद्य, तरकारी, फलफूल, मसला, दलहन,तेलहन, नगदेबाली जडीबुटी, बेतबास, स्थानीय कृषि औजार, खाडी कपडा, फर्निचर लगायत कृषि तथा घरेलु उत्पादन मेलामा प्रदर्शनीमा राखिने बताउंदै उहाँले प्रतिस्पर्धामा प्रथम,द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ सहित प्रमाण पत्रले पुरष्कृत गरिने उल्लेख गरिन ।

सहभागी हुन चाहने कृषकले ३ गतेदेखि पौष १८ गतेसम्म आफ्नो परिचय खुल्ने कागजसहित कृषि शाखामा नाम दर्ता गर्नुपर्ने बास्तोलाको भनाइ छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर