सोलुखुम्बु । रीड नेपालको आयोजना तथा सोताङ गाउँपालिकाको समन्वयमा शिक्षा योजना हस्तान्तरण तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
रीड नेपालको प्राविधिक सहयोगमा निर्माण भएको शिक्षा क्षेत्र योजनाको ड्राफ्ट रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङलाई हस्तान्तरण गरेका छन् ।
योजना हस्तान्तरण गर्दै बोगटीले कार्यक्रममा शिक्षा योजनालाई मूर्तरुप दिन आवश्यक तथ्यांक तथा सुचनाहरु छिट्टै उपलब्ध गराइदिन आग्रह गर्नु भयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई वडाअध्यक्षहरु , पालिका प्रवक्ता, सामाजिक विकास समिति संयोजक शाखा प्रमुखहरु र विद्यालयका प्र.अ. हरुको उपस्थिति रहेको रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतमले जानकारी दिनु भयो ।
साथै कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी छलफल भएको छ । पालिकाको लैंगिक नीति निर्माणका विश्यमाठी छलफल गर्दै नमूना ढांचा माथि पनि छलफल गरिएको रीड नेपालले जनाएको छ ।
कार्यक्रममा शिक्षा योजनामाथिको छलफलमा रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले सहजीकरण गर्नु भएको थियो भने लैंगीकता बारे रीड नेपालका सेफगार्ड अधिकृत लक्ष्मी श्रेष्ठ ले सहजीकरण गर्नु भएको थियो ।
तपाईको बिचार