सोलुखुम्बुमा ४२ वटा मानव अधिकार उलंघनका घटना - दुधकोशी खबर

सोलुखुम्बुमा ४२ वटा मानव अधिकार उलंघनका घटना

  • Dudh Koshi २०८० पौष २ सोमबार २०:३४:४३

सोलुखुम्बु । जिल्लामा मानव अधिकार उल्लंघनका घटनामा १७ प्रतिशतले बृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लंघनका घटना १७.३९ प्रतिशतले बृद्धि भएको इन्सेकले जनाएको छ ।

इन्सेकले आज सोमबार जिल्ला सदरमुकाम सल्लेरीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशनको पूर्ववार्षिक समिक्षा कार्यक्रममा सन् २०२३ मा ४६ वटा मानव अधिकार उल्लंघनको घटना भएको अभिलेख सार्वजनिक गरेको छ । तर इन्सेकले गत वर्षको पूर्ववार्षिक समिक्षा कार्यक्रममा ३८ वटा घटना अभिलेखिकरण गरेको थियो ।

उक्त तथ्यांकलाई केलाउँदा गत वर्षको तुलनामा यस वर्ष ८ वटा बढी मानव अधिकार उल्लंघनका घटना भएको देखिएको छ । जसमा बालबालिका विरुद्धका १२ वटा, महिला विरुद्धका ३, घरेलु हिंसा २६, भौतिक संरचनामा क्षति ३, नागरिक तथा राजनितिक अधिकार हनन १ वटा रहेको इन्सेक जिल्ला प्रतिनिधि अन्जु कार्कीले जानकारी दिनुभयो।

 

यद्यपी जिल्लामा मानव अधिकार उल्लंघटनका घटना बढेको नभई उजुरी गर्ने चेत बढ्दै गएकाले घटना बाहिर आउने क्रम बृद्धि भएको सरोकारवालाले बताएका छन् । इन्सेकले उक्त तथ्यांक जिल्ला अदालत र प्रहरीबाट लिने गरेको जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर